Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राकाे उर्जा ऋणपत्र भर्ने म्याद लम्बियाे

अर्थ संसार

सोमबार, ०४ पुस २०७९, १२ : ५८ मा प्रकाशित

निफ्राकाे उर्जा ऋणपत्र भर्ने म्याद लम्बियाे

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काे उर्जा ऋणपत्र भर्ने म्याद लम्बिएकाे छ । यसअघि आज पुस ४ गतेसम्म आवेदन दिन पाइने भनिएकाेमा अब म्याद थपेर पुस १४ गतेसम्म लम्ब्याइएकाे छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र निष्कासन गरेकाे हाे । जसमध्ये, सर्वसाधारणका लागि १९ लाख कित्ता छुट्याइएकाे छ । बैंकले ७ वर्ष अवधि भएको वार्षिक ७ प्रतिशत व्याज भएको 'निफ्रा उर्जा ऋणपत्र, २०८५/८६' नाममा ऋणपत्र निष्कासन गरेको हो । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको