Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै बामे सर्दै गरेकाे अर्थतन्त्रलाई १६ महिनामै धरासायी बनाइयाे : केपी ओली

अर्थ संसार

मंगलबार, ०५ पुस २०७९, १६ : ३५ मा प्रकाशित

भर्खरै बामे सर्दै गरेकाे अर्थतन्त्रलाई १६ महिनामै धरासायी बनाइयाे : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै बामे सर्दै गरेकाे अर्थतन्त्रलाई १६ महिनामै धरासायी बनाइएकाे बताएका छन् ।

नेकपा एमालेले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले भर्खरै बामे सर्दै गरेको, भित्तो समाउँदै माथी उठ्न थालेको अर्थतन्त्रलाई १६ महिनाको अवधिमा धरासायी बनाउने काम भएको बताएका हुन् ।

त्यस्तै, अहिले बैंकिङ प्रणालीमा तरलता अभाव भएका कारण आर्थिक क्रियाकलाप ठप्प भएको उनले बताएका छन् । आर्थिक क्रियाकलाप ठप्प हुनु चिन्ताको विषय भएको उनले बताएका थिए ।

कार्यक्रममा बाेल्दै बजारमा पैसाको कारोबार घटेको र बैंकको ब्याज बढेको उनले प्रष्ट पारे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको