Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको साधारण सभा आवहान :पुस १२ गतेसम्म कायम सेयरधनीहरुले लाभांस पाउने

अर्थ संसार

बुधबार, ०६ पुस २०७९, ०९ : १२ मा प्रकाशित

सिद्धार्थ बैंकको साधारण सभा आवहान  :पुस १२ गतेसम्म कायम सेयरधनीहरुले लाभांस पाउने

सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा डाकेको छ। बैंकले आफ्नो २१ औँ वार्षिक साधारण सभा पुस २८ गते, बिहीबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद लाभांश गरी कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, पूँजी वृद्धि लगायतका विषयहरु समावेश गरी बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको