गोरखा र तनहुँमा गरी २२६ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले डाक फाउण्डेशन पार्टन अफ ईक्युटीको आर्थिक सहयोगमा दुई ठाउँमा शिविर सञ्चालन गरी शल्यक्रिया गरेको हो ।
गोरखाको वारपाक सुलीकोट गाउँपालिकामा पुस ५ र ६ गते सञ्चालन गरिएको शिविरमा एक हजार १४५ जनाको आँखाको निःशुल्क परीक्षण गरिएको थियो । उक्त शिविरमा ७४ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया भएको भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए । वारपाक सुलिकोट गाउँपालिकासँग सहकार्य शिविर सञ्चालन गरिएको हो ।
यस्तै आँबुखैरहनी गाउँपालिकासँग सहकार्यमा पुस ८ र ९ गते सञ्चालित शिवरमा ९६९ जनाको आँखा परीक्षण गरिएको छ । उक्त शिविरमा १५२ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको हो ।
ती शिविरहरुमा भरतपुर आँखा अस्पतालका उपनिर्देशक एवं आँखा रोग विशेषज्ञ डा. पुष्पा गिरी श्रेष्ठको नेतृत्वको प्राविधिक टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको थियो । दुवै शिविरमा नेत्रहिन संघ पुनस्र्थापना कार्यक्रम गोरखाले सहकार्य गरेको छ ।
नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित विभिन्न अस्पतालहरूले विभिन्न संघ संस्थासँगको सहकार्यमा देशैभरि निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन्।
नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ। संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरू मार्फत हरेक जिल्लाका नागरिकलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस