Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन ६ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, १४ : ४५ मा प्रकाशित

एकैदिन ६ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ६ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार पौष २४ गते, आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५३ खर्ब २० अर्ब रुपैयाँ निक्षेप रहेको छ । पाैष २३ गते, शनिबारसम्म बैंकहरूकाे निक्षेप ५३ खर्ब १४ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ६ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ५ अर्बले बढेर ४६ खर्ब ९० अर्ब पुगेकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह ३ अर्बले बढेर ४७ खर्ब ७३ अर्ब रूपैयाँ पुगेकाे छ । वाणिज्य बैंकहरूकाे कर्जा लगानी पनि ३ अर्बले बढेर ४२ खर्ब २६ अर्ब रूपैयाँ पुगेकाे छ । 

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८६.४४ प्रतिशतबाट घटेर ८६.४० प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

63bd29da1c53e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको