Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको नाफासंगै बढ्यो प्रतिसेयर आम्दानी

अर्थ संसार

आइतबार, २९ माघ २०७९, ०७ : १३ मा प्रकाशित

नेपाल टेलिकमको नाफासंगै बढ्यो प्रतिसेयर आम्दानी

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि आएको छ ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद मुनाफा नाफा ९.१६ प्रतिशतले बढेर  ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ  थियो। 

सो अवधिमा कम्पनीको संचालन आम्दानी भने ५.८८ प्रतिशतले घटेर १८ अर्ब ७ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको सञ्चालन आम्दानी १९ अर्ब २० करोड ७२ लाख रुपैयाँ थियो । 

हाल चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७४ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ २८ पैसा रहेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.३७ गुणा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको