Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठकाे उम्मेदवारी, प्यानलबाट यी हुन् उपाध्यक्ष उम्मेदवार

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, १० : ५४ मा प्रकाशित

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठकाे उम्मेदवारी, प्यानलबाट यी हुन् उपाध्यक्ष उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । महासंघको आगामी चैत २८ र २९ हुने साधारणसभाबाट वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारी तथा सदस्य निर्वाचित हुने छन् । वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान छ । यसअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका चन्द्रप्रसाद ढकालले चैतपछि महासंघको नेतृत्व गर्नेछन्। महासंघको कार्यकाल तीन बर्षको हुने छ ।

उपाध्यक्ष श्रेष्ठले आफ्नो टिमबाट निर्वाचित हुने ४ जना उपाध्यक्षको समुहको समेत घोषणा गरेका छन् । उनको प्यानलबाट जिल्ला तथा नगर उपाध्यक्षमा अरुणराज सुमार्गी, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा मनिसलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । महासंघको वर्तमान कार्यसमितिमा वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ लक्ष्मी ग्रुपका निर्देशक हुन् ।

नेपालको व्यापारिक घराना लक्ष्मी ग्रुपले उत्पादनमूलक उद्योग, व्यापारिक क्षेत्र, रियल स्टेटलगायतमा लगानी गरेको छ। लक्ष्मी ग्रुपले नेपालको ठूलो कन्फेक्सनरी उद्योग सुजल फुड, सुजल प्लाष्टिक, सिद्धि लक्ष्मी स्टिल, सुजल डेरीलगायतका उद्योग चलाइरहेको छ । यस्तै जाइमा लक्ष्मी ट्रेडिङ कम्पनीले चिनी, दूध पाउडर, तरल ग्लुकोज, एसिड्युलेट्स, मुद्रण मसी पाम आयलको कारोबार गर्दै आएको छ।

लक्ष्मी ग्रुप कोरियाली कम्पनी हुण्डाईका प्यासेन्जर भेइकल्स, एसएमएल इसुजु कम्पनी र प्रिमियम कार ब्राण्ड बिएमडब्लुको समेत लक्ष्मी ग्रुप आधिकारी बितरक हो। लक्ष्मी ग्रुपले जैमा इन्टरकन्टिनेन्टलले ओट्टो र कूलप्याडलगायतका मोवाइल समेत नेपालमा भित्र्याउँछ ।

उपाध्यक्ष श्रेष्ठले महासंघको तर्फबाट बैंकको ब्याजदर घटाउन भइरहेको आन्दोलनमा नेतृत्व गरिरहेका छन् । अन्जन श्रेष्ठको समुहबाट जिल्ला नगर संघका तर्फबाट उपाध्यक्ष उम्मेदवारी दिएको अरुणराज सुमार्गी विवादास्पद व्यवसायी माधवराज सुमार्गीका भाइ हुन् । उनले सुमार्गी समुहका हेटौंडामा रहेका उद्योगहरु संचालन गरिरहेका छन् । यस्तै वस्तुगत समुहबाट उपाध्यक्षको उम्मेदवारी दिएका मनिष प्रधानको कपडा उत्पादन तथा सुनचाँदीको ब्यवसायमा लगानी छ । यस्तै एसोसिएट तर्फ उपाध्यक्ष उम्मेदवारी दिएकी ज्योत्स्ना श्रेष्ठको पनि सुनचाँदी व्यवसायमा लगानी छ । उम्मेदवारी घोषणा कार्यक्रममा उपाध्यक्ष अन्जन श्रेष्ठले मुलुकभित्र व्यावसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउन वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेको बताए।

उनले चीन र भारतको व्यापार जुन गतिमा विकास भएको छ, त्यो गतिमा नेपाल जान सकेन भने उत्पादकमूलकभन्दा पनि बजारका रुपमा मात्रै विकास हुने बताए। अबको चुनौती भनेको नयाँ व्यापार नीतिहरु ल्याउनु र संशक्त संगठन विस्तार गर्नु भएको उनको भनाइ छ। उनले संगठन विस्तार गर्न आफ्नो २० वर्षको अनुभवले सहज हुने दाबी गरे।

उनले पछिल्लो समय विभिन्न जिल्लामा उद्योग वाणिज्य संघको भ्रमण गरेर मेरो उम्मेदवारीको कुरा राखेको र निर्वाचनमा सबैले आफूलाई मतदान गरी निर्वाचित गराउने बताएको दाबी गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको