Like us!
Follow us!
Connect us!
Watch us!

राहुल गान्धीको संसद पद खारेज

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, १५ : १२ मा प्रकाशित

राहुल गान्धीको संसद पद खारेज

भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद सेशन  अदालतको फैसलासँगै खारेज भएको छ । गान्धीको संसद् सदस्यता रद्द भएको आज बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

बिहीबार नेता गान्धीलाई गुजरातस्थित् सुरत सेशन अदालतले मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो । उनले सन् २०१९ मा एक राजनीतिक सभामा ‘सभी चोरों का सरनेम मोदी क्यों होता हैरु’ अर्थात् ‘सबै चोरहरुको थर मोदी किन हुन्छरु’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका आधारमा उनलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको थियो ।

भारतीय दण्ड संहिता ‘इन्डियन पिनल कोड’ (आईपीसी)मा आपराधिक मानहानीको मामिलामा अधिकतम २ वर्षको सजाय हुने प्रावधान छ।  भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले गान्धीविरुद्ध उक्त अभिव्यक्तिले आफूलगायत व्यक्तिको मानहानि भएको भन्दै उजुरी दायर गरेका थिए ।-Photo Source: Agency

सम्बन्धीत समाचार

राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको