नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ब्याजदर कसरी घटाउन सकिन्छ ? भनेर प्रश्न गरेका छन् । अर्थमन्त्री डा. महत र गभर्नर अधिकारीबीच भएको आज मंगलबारको भेटमा अर्थमन्त्रीले गभर्नरसामु यस्तो प्रश्न राखेका हुन् ।
डा. महतले राष्ट्र बैंकसँग आर्थिक अवस्थालाई लिएर औपचारिक ब्रिफिङसमेत लिएका छन् । मुलुकको अहिलेको आर्थिक अवस्थाका बारेमा राष्ट्र बैंकका प्रतिनिधिले डा. महतलाई ब्रिफिङ गरे ।
गभर्नरले ब्याजदर घटाउने उपायका बारेमा केही सुझाव दिएका थिए । गभर्नरको भनाइप्रति अर्थमन्त्री सहमत भएका छन् । अर्थमन्त्री डा. महतले केही दिनदेखि ब्याजदर घटाउने उपायको खोजी, तरलताको अवस्था, मुलुकको अहिलेको अवस्थालगायतका बिषयमा बढी जिज्ञाशा राख्दै निजी क्षेत्रका उद्योगी व्यापारीसँग पनि सुझाव लिदै आएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस