Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको नाफा ६७ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दनी कति?

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, १२ : २० मा प्रकाशित

निफ्राको नाफा ६७ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दनी कति?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । निफ्राले सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको देखिन्छ ।  

चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित अनुसार चालु आर्थिक वर्षको निफ्राको नाफामा आकर्षक वृद्धि हुँदै १ अर्ब १६ करोड १८ लाख ३८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा तेस्रो त्रैमाससम्ममा ६९ करोड ४५ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसअनुसार निफ्राले गत आर्थिक वर्षको तुलनामा ६७.२८ प्रतिशत बढी नाफा आर्जन गरेको हो । 

पछिल्लो एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा वृद्धि भएको बैंकको प्रक्षेपण रहेको छ । समीक्षा अवधिमा निफ्राको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको तुलनामा ७ करोड १३ लाखले बढेको देखिन्छ । यो ५५.२२ प्रतिशत अर्थात २ अर्ब ४४ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको हो । त्यस्तै बैंकको सञ्चालन नाफा बढेर १ अर्ब ६५ करोड ९७ लाख ६९ हजार रुपैयाँ पुगेको छ । यो ६७.३१ प्रतिशतले बढेको हो । 

नाफासँगै निफ्राको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा निफ्राको ईपीएस २ रुपैयाँ ८८ पैसाले बढेर ७ रुपैयाँ १७ पैसा पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १ सय ९ रुपैयाँ १९ पैसा छ । चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको