Like us!
Follow us!
Connect us!
Watch us!

रुसी बमवर्षक विमानहरूको जापानको ओखोत्स्कको समुद्रमा गस्ती जारी

अर्थ संसार

विहीबार, ०७ बैशाख २०८०, ११ : ३२ मा प्रकाशित

रुसी बमवर्षक विमानहरूको जापानको ओखोत्स्कको समुद्रमा गस्ती जारी

आठ रुसी टीयु-२२एम,३लामो दुरीका बमवर्षक विमानहरूले ओखोत्स्क सागरको तटस्थ जलक्षेत्र र जापान सागरको उत्तरी भागमा लडाकू प्रशिक्षणका निम्ति उडान गरेका छन् ।  

रुसी रक्षा मन्त्रालयले बुधबार जनाएअनुसार मिसनका क्रममा  टीयु-२२एम,३ ले रूसी प्रशान्त बेडाका सेनाहरूलाई हवाई सहयोग प्रदान गरेको  छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा  विमानले हवाई क्षेत्रको प्रयोगको लागि अन्तरराष्ट्रिय नियमहरूको कडाईका साथ पालन गरेको बताइएको छ । 

यो गस्ती प्यासिफिक फ्लीटको लडाइको तयारीका सन्दर्भमा अचानकरूपमा सञ्चालन गरिएको विश्लेषण गरिएको छ ।  यो कार्यक्रम ूसमुद्रबाट सम्भावित शत्रुको आक्रामकतालाई हटाउने क्षमता निर्माण गर्नेू उद्देश्यले अप्रिल१४ मा शुरू गरिएको थियो।-सिन्ह्वा/Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको