Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेका सवारी चालकको उपचारका क्रममा मृत्यु

अर्थ संसार

मंगलबार, १९ बैशाख २०८०, १५ : ५९ मा प्रकाशित

रवि लामिछानेका सवारी चालकको उपचारका क्रममा मृत्यु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु)को निधन भएको छ । उनको (मङ्गलबार) ललितपुरस्थित मेडिसिटीमा उपचारको क्रममा दिउसो करिब साढे एक बजे निधन भएको अस्पतालले जनाएको हो ।

घरको छतबाट खसेर गम्भीर घाइते भएका थापालाई तत्कालै उपचारका लागी चितवनकै पुरानो मेडिकल कलेजमा लगिएको थियो । अवस्था गम्भीर भएपछि थप उपचारका लागि हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको