Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेनले ईयूस सदस्यताको लागि औपचारिक रूपमा वार्ता सुरु गर्ने समय आएको छ : जेलेन्स्की

अर्थ संसार

बुधबार, २७ बैशाख २०८०, ०८ : ०५ मा प्रकाशित

युक्रेनले  ईयूस सदस्यताको लागि औपचारिक रूपमा वार्ता सुरु गर्ने समय आएको छ : जेलेन्स्की

युक्रेनले औपचारिक रूपमा यूरोपेली सङ्घ (ईयू)सदस्यताको लागि औपचारिक रूपमा वार्ता सुरु गर्ने समय भएको युक्रेनले बताएको छ । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ ९ईयू० ले गत वर्ष युक्रेनलाई औपचारिक रूपमा उम्मेदवारको दर्जा दिएको र अब औपचारिक रूपमा वार्ता सुरु गर्ने बारे निर्णय लिनुपर्ने समय आएको बताएका छन् ।  

उनले भने “युक्रेन र इयूबीचको सम्बन्धमा रहेको कृत्रिम राजनीतिक अनिश्चितता हटाउने समय आएको छ । युक्रेनलाई ईयूमा सामेल गराउने विषयमा वार्ता सुरु गर्ने विषयमा सकारात्मक निर्णय लिने समय आएको छ,” जेलेन्स्कीले ईयू प्रमुख उर्सुला भोन डेर लेयेनसँग कीभमा आयोजित पत्रकार सम्मेलनमा भने  ।
 
युरोपेली आयोगका अध्यक्ष लेयेनसँगको भेटमा युरोपेली सङ्घबाट युक्रेनका लागि थप हतियारको आपूर्तिको आवश्यकतामाथि जोड दिए । 

“हामीले हतियारहरूको खरीद र वितरणको गतिलगायतका कुरामा एउटा महत्वपूर्ण विषयमा छलफल गर्यौं । युद्धभूमिमा उनीहरूको आवश्यकता पहिले नै विद्यमान छ,” जेलेन्स्कीले कीएभमा एक पत्रकार सम्मेलनमा बताए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको