Like us!
Follow us!
Connect us!
Watch us!

अधिक तौल भएका प्रहरी अधिकारीलाई वजन घटाउन सरकारले निर्देशन

अर्थ संसार

शनिबार, ०६ जेठ २०८०, १३ : ४२ मा प्रकाशित

अधिक तौल भएका प्रहरी अधिकारीलाई वजन घटाउन सरकारले निर्देशन

हरियाणामा प्रहरी अधिकारीको अत्यधिक वजन घटाउन राज्य सरकारले निर्देशन दिएको छ । 

हरियाणा राज्यका गृह तथा स्वास्थ्य मन्त्री अनिल विजले  जारी गरेको निर्देशनमा ‘मोटोपन’ भएका र पेट भएका हरियाणाका प्रहरी अधिकृतलाई प्रहरीको अभ्यास लाइनमा पठाइने चेतावनी दिएका हुन् । 

उनले  बढी वजन भएका प्रहरी अधिकारीहरूले व्यायामको माध्यमबाट तन्दुरूस्ती हासिल गरेपछि सेवामा फर्कन सक्ने बताएका छन । 

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हरियाणा प्रहरीका अधिकारी र कर्मचारीहरूको फिटनेसलाई ध्यानमा राख्दै, गृहमन्त्री अनिल विजले आज गृह विभागका अतिरिक्त मुख्य सचिवलाई लिखित निर्देशन जारी गर्नुभएको छ । प्रहरी विभागमा धेरै प्रहरी कर्मचारीहरू अधिक वजन भएका प्रहरीलाई (व्यायाम) लाइनमा स्थानान्तरण गरिनुपर्छ ।”

राज्यका स्वास्थ्य मन्त्रीले प्रहरी अधिकारी र कर्मचारीहरूको फिटनेसलाई ध्यानमा राख्दै गृह विभागका अतिरिक्त मुख्य सचिवलाई यस सम्बन्धमा लिखित निर्देशन जारी गरिएको हो  । 

विजले लेखेका छन्, “अधिक तौल भएका सबै प्रहरी अधिकारी÷कर्मचारीहरूलाई प्रहरी लाइनमा स्थानान्तरण गरियोस् र उनीहरूलाई ड्युटीका लागि उपयुक्त नहोउन्जेल व्यायाम गर्न लगाइयोस् ।”

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको