Like us!
Follow us!
Connect us!
Watch us!

चीनको शेन्झाउ–१६ अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार

अर्थ संसार

सोमबार, १५ जेठ २०८०, १५ : ४५ मा प्रकाशित

चीनको शेन्झाउ–१६ अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार

चीनको शेन्झाउ–१६ अन्तरिक्ष यानले आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रमा अन्तिम प्रक्षेपण पूर्व अभ्यास पूरा गरेको छ यो सँगै यो यान प्रक्षेपणका लागि तयार रहेको छ ।

जहाज र यसको क्यारियर रकेट र प्रक्षेपण केन्द्रमा सबै प्रणाली र तयारी प्रक्षेपणका लागि तयार रहेको प्रक्षेपण केन्द्रल जनाएको छ । 

प्रक्षेपण केन्द्रमा स्थानान्तरण गरिएका अन्तरिक्ष यान र लङ मार्च–२ एफ क्यारियर रकेटको संयोजनबाट रकेट र अन्तरिक्ष यानको विभिन्न निरीक्षण र प्रि(लन्च पूर्वाभ्यासहरू सञ्चालन गरिएको प्रक्षेपण केन्द्रका वरिष्ठ इन्जिनियर हे पेङ्जुले  बताएका छन् । 

बालुवा र वर्षाको पानी रकेटमा पस्न नदिन प्रक्षेपण टावरमा सिल गर्ने सुविधा समेत रहेको उनले बताए । यो गोबी मरुभूमिको बलौटे वातावरण अनुरूप तयार पारिएको छ । प्रक्षेपण केन्द्र यही गोबी मरुभूमिमा अवस्थित छ।-सिन्ह्वा/Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको