Like us!
Follow us!
Connect us!
Watch us!

बुलको सुरुवात र अन्त्य कसरी हुन्छ ?

सुवास चन्द्र ढुङ्गाना

अर्थ संसार

मंगलबार, २३ जेठ २०८०, १४ : ५२ मा प्रकाशित

बुलको सुरुवात र अन्त्य कसरी हुन्छ ?

सुरुमा कुनै सेक्टरका केहि कम्पनीहरुले लय समाते जस्तो लाग्छ । अब यो सेक्टरले नै बुलको सुरुवात गर्यो भन्ने धेरैको अनुमान पनि हुन्छ तर सोचे जस्तो हुदैन । त्यो अनुमानित सेक्टर चाडै थाक्न पुग्छ र हेर्दा हेर्दै अर्को कुनै सेक्टरले नै बुलको सुरुवात गर्न पुग्छ ।

बुलको बिचसम्म नै यहि सुरुवाती सेक्टरले नै लिड गर्छ र यो सेक्टरलाई राम्रो टक्कर दिन खोज्ने कम्तिमा पनि २ सेक्टरहरु हुने गर्दछन भने बाकि अरुले पछ्याउने काम गर्दछन् ।

बुलको सेकेन्ड हाफ पछि खेलले अर्को मोड लिन्छ । जसरि सेकेन्ड हाफ पछि खेलमैदानको साइड परिवर्तन हुन्छ त्यसै गरि सेक्टरमा पनि परिबर्तन आउछ । सुरुमा जुन सेक्टरले बुलको सुरुवात गर्छ भनेर झुक्याएको थियो नि त्यसले चाही बुलको अन्त्य गर्ने गर्दछ ।

यो सबै खेल कसले खेल्छ त ?

स्मार्ट मनीले खेल्छ । यो खेल स्क्रिप्ट जस्तो नै लाग्छ तर यसको मेसो चाही बुलको अन्त्य पछि मात्र हुन्छ । यो खेलमा हामी कुनैबेला दर्शक जस्तै हुन्छौ भने कतिबेला च्याखे थाप्दै धेरथोर कमाइरहेका पनि हुन्छौ । हामीले कमाको सबै हिसाब किताब स्मार्ट मनिले राख्छ र बुलको अन्त्यसम्म धेरैबाट त्यसको भर्पाइ ब्याज समेत उठाउने गर्दछ ।

जब आफुले सोचे जस्तो खेल हुदैन तब खेलमा धाधली भयो भन्दै मुख्य खेलाडी (स्मार्ट मनि) लाई गाली गर्नेहरुको भिड धेरै ठुलो हुन्छ । मुख्य खेलाडीहरु भने रेफ्री (नियामक निकाय)लाई खेल (बुल) को अन्त्य गर्दिन इसारा गर्दै मेडल लिएर खेल मैदान छोडिसकेका हुन्छन । यो बिजय जुलुसमा धेरै कमको मात्र सहभागिता हुन्छ जुन स्मार्ट मनि पनि चाहन्छ ।

हार पछिको खेलमैदानमा रुवाबासी धेरै विधारक रहन्छ । त्यो भिड त्यहि मुख्य खेलाडीहरु खेल मैदानमा कहिले प्रवेश गर्लान भन्दै प्रतिक्ष्यामा रहन्छ । यो प्रतिक्षा धेरै पट्यारलाग्दो हुन्छ । धैर्यको सीमा नै नाघिसक्यो भन्दै हो-हल्ला गर्दै त्यो भिड बाहिर निस्किरहेको हुन्छ भने त्यहि समयमा कसैले थाहा नपाउने गरि अर्को गेटबाट स्मार्ट मनिको प्रवेश हुन्छ ।

हाम्रो बजारमा पनि पहिलेका सबै बुल र बियरहरुलाई अहिलेको परिस्थिति संग तुलना गर्नु भयो भने यो खेल अझै राम्रोसँग बुझ्न सक्नुहुन्छ ।

यो खेलमा नियम खासै छैन तर बुझ्न मैले लेखे जस्तो त्यति सजिलो पनि छैन ।

धन्यवाद ।

(लेखक सुवास चन्द्र ढुङ्गाना प्राविधिक विश्लेषक हुन् ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको