Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुले मोटर बाटो नभएको जग्गा धितो राखी २० लाखसम्मको कर्जा दिन सक्ने

अर्थ संसार

मंगलबार, ०९ साउन २०८०, ११ : ५९ मा प्रकाशित

बैंकहरुले मोटर बाटो नभएको जग्गा धितो राखी २० लाखसम्मको कर्जा दिन सक्ने

बैंकहरुले मोटर बाटो नभएको जग्गा धितो राखी २० लाखसम्मको कर्जा दिन सक्ने भएका छन् । बैंकहरूले कृषि प्रयाेजनका लागि यस्ताे कर्जा दिन सक्ने भएका हुन् ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्देश्यले याे व्यवस्था गरिएकाे राष्ट्र बैंकले जनाएकाे छ । जस अनुसार खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालन जस्ता कार्यको लागि रू.२० लाखसम्मका कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्ने भएका हुन् ।

यस्ताे कर्जाकाे लागि निवेदन प्राप्त भएकाे सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने राष्ट्र बैंककाे निर्देशन छ । यदि स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रूपमा जवाफ दिनुपर्ने व्यवस्था रहेको राष्ट्र बैंककाे सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले जारी गरेकाे वित्तीय चेतना सम्बन्धी सूचनामा भनिएकाे छ, "बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानको पहुँच सुनिश्चित गर्ने उद्देश्यले खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालन जस्ता कार्यको लागि रू.२० लाखसम्मका कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्न सक्ने र बैंक तथा वित्तीय संस्थाको शाखाले यस प्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारणसमेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रूपमा जवाफ दिनुपर्ने व्यवस्था रहेको छ । यस निर्देशनको पालना नभएको अवस्थामा कर्जा प्रदान गर्ने संस्था वा नेपाल राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिन्छ ।"

सूचना पनि :

 

 

64bf6a0064f52.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको