Like us!
Follow us!
Connect us!
Watch us!

होला त रुस–युक्रेन युद्धको अन्त्य? पुटिन शर्तसहित शान्ति वार्ता गर्न तयार

अर्थ संसार

आइतबार, १४ साउन २०८०, ११ : ५५ मा प्रकाशित

होला त रुस–युक्रेन युद्धको अन्त्य? पुटिन शर्तसहित शान्ति वार्ता गर्न तयार

५०० दिन भन्दा लामो समयदेखि चलिरहेको रुस युक्रेन युद्धको विषयमा विश्वलाई चासो रहेको छ । युद्ध अन्त्य होस् भन्ने सबैको चाहना नै छ । तर, यो अन्त्य गर्ने वा नगर्ने विषयको साँचो भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हातमा छ । 

रुसका राष्ट्रपति पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न आफू तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले लेखेको छ । र, युक्रेन शान्ति वार्ताको प्रस्ताव आए आफू त्यस प्रस्तावलाई अस्वीकार नगर्ने समेत प्रतिबद्धता व्यक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले लेखेको छ । रुसको सेन्ट पिटर्सबर्गमा अफ्रिकी राष्ट्रका नेताहरूले रुस र युक्रेन युद्ध अन्त्य हुनुपर्छ भनेर धारणा राखेपछि पुटिनले आफू शर्तसहित युक्रेनसँग शान्ति वार्ता गर्न तयार भएको बताएका हुन् ।

पुटिनले केही सर्तहरू युक्रेनसमक्ष खडा गरिदिएपछि युद्ध रोक्ने र शान्ति वार्ता गर्ने सम्भावनालाई झनै पर धकेल्न सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख छ । सन् १९९९ मा दुवै देशबीच सीमाबारे भएको सम्झौता कायम गर्न चाहन्छ ।युक्रेनी भू–भागबाट रुसी सेना नफर्किएसम्म युद्ध रोक्ने कुनै वार्ता नगर्ने युक्रेनीका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउँदै आएका छन् ।

पुटिनले भने युक्रेनले अब आफ्नो देशको नयाँ क्षेत्रीय वास्तविकतालाई स्वीकार गर्नुपर्छ भनेको बीबीसीले लेखेको छ। यसर्थ पुटिन क्राइमिया युक्रेनलाई फर्काउन तयार भने छैनन्, उनी अहिलेसम्म उक्त विषयमा अडिग नै छन् । युक्रेनको कदमलाई रुसी राष्ट्रपति पुटिनले आतंकवादको संज्ञा समेत दिएका छन् ।

त्यति मात्र नभएर गत वर्षयता रुसी सेनाले कब्जा गरेको युक्रेनका पछिल्ला भू–भागहरू पनि आफूले फिर्ता नगर्ने रुसको भनाइ छ । केहि दिनयता युक्रेनले रुसलाई शान्ति वार्तामा आउन आग्रह गरेको थियो । जसलाई रुसी राष्ट्रपतिले अस्विकार गरेका थिए । 

उता युक्रेन अमेरिकाको बलमा रुससँग भिडेको कतिपयको भनाई छ । अमेरिकाले भने निरन्तर युक्रेनलाई समर्थन गर्दै आएको छ । उक्त समर्थन भने रुसलाई स्वीकार्य छैन् । अमेरिकाले युक्रनेलाई दिएको समर्थनले रुस झनै चिडिएको छ ।-Photo Source: The Wall Street Journal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको