Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै कारोबारमा आएको क्यापिटल म्याक्सले प्रमोटर सेयरको छुट्टै प्रोटोकल बनाउँदै (भिडियो)

अर्थ संसार

आइतबार, १४ साउन २०८०, १२ : १५ मा प्रकाशित

अर्थसंसारकाे नियमित कार्यक्रम मार्केट स्टाेरीजकाे यस श्रृङ्खलामा हामीले भर्खरै खुलेकाे नयाँ ब्राेकर क्यापिटल म्याक्स अर्थात् ब्राेकर नम्बर ६२ काे बारेमा विशेष भिडियाे सामाग्री तयार पारेका छाैँ । ब्राेकर नम्बर ६२ ले काराेबार सुरू गरेकाे एकदमै छाेटाे समयमा नै लगानीकर्ताहरूकाे भरपुर समर्थन पाएकाे छ । लगानीकर्ताहरू क्यापिटल म्याक्सप्रति आकर्षित भएका छन् ।

आफू स्वयंम पनि लगानीकर्ता भएको नाताले पहिला पहिला आफूले भोगेका समस्याहरू अब कुनै लगानीकर्ताले भोग्नु नपरोस् भनेर आफ्नो पहिलो प्राथमिकतामा लगानीकर्ताहरूको सेवा सुविधा राखेका क्यापिटल म्याक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अतित लाल श्रेष्ठ बताउँछन् । बिजनेस मोटिभले नाफा कमाउन भन्दा पनि लगानीकर्ताहरूलाई कसरी हुन्छ फेसिलेटेट गर्न यो ब्रोकर सञ्चालन गरिएको उनले बताए ।

कुराकानी कै क्रममा प्रमोटर सेयरको छुट्टै प्रोटोकल बनाउँदै गरेको कुरा पनि उनले सुनाए । "धेरै जना लगानीकर्ताहरूले के भनिरहनु भाको थियो भने यो प्रमोटर सेयर बेच्न एकदम गाह्रो भयो । यसको एउटा पोर्टल बनाइदिनुस् ।  जसबाट मान्छेलाई थाहा होस् की यति प्रमोटर सेयर सेलमा छ । त्यो  प्रोटोकल मैले बनाउँदैछु ।", उनले भने ।

अहिलेकाे बजार अवस्था नमर्ल देखिएकाे र किन्दा पछुताउनु नपर्ने उनले बताएका छन् । 

क्यापिटल म्याक्सकाे सेवा सुविधा, आगामी रणनीति, ब्राेकरहरूकाे अवस्था, सेयर बजारकाे अवस्था लगायतका विविध विषय समेटी अर्थसंसारकर्मी बसन्त पाण्डेद्वारा क्यापिटल म्याक्सका सीईओ अतित लाल श्रेष्ठसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ : 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको