Like us!
Follow us!
Connect us!
Watch us!

चीनमा निर्माण भएको श्रीलङ्काली वायू सेना प्रशिक्षण विमान दुर्घटनाग्रस्त, पाइलटसमेत दुईको मृत्यु

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, १३ : ४९ मा प्रकाशित

चीनमा निर्माण भएको श्रीलङ्काली वायू सेना प्रशिक्षण विमान दुर्घटनाग्रस्त, पाइलटसमेत दुईको मृत्यु

चीनमा निर्माण भएको श्रीलङ्काली वायू सेवा प्रशिक्षण विमान दर्घटनाग्रस्त भएको छ । हिजो (सोमबार) उडान भरेको दई मिनेटमै उक्त विमान दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले लेखेको छ । उक्त दुर्घटनामा पाइलटसहित दुई जनाको मूत्यु भएको छ । 

वायू सेनाका पाइलटहरुलाई प्रशिक्षण दिन पीटी–६ विमान प्रयोग गरिन्छ । सो विमान चीनमा निर्माण भएको र त्यहाँबाट श्रीलङ्का पाठाइएको थियो । श्रीलङ्काको वायू सेना विमानका कमाण्डर एयर मार्शल उडेनी राजपक्षेका अनुसार पाइलटलाई प्रशिक्षण दिनका लागि प्रयोग हुने पीटी–६ विमान त्रिकोमालीस्थित रहेको विमान स्टेशनबाट उडान भरेको दुई मिनेट मै दुर्घटनामा परेको हो । 

श्रीलङ्काकी वायू सेना अधिकारी क्यापटेन दुशान विजेसिंघेको अनुसार श्रीलङ्काली वायू सेना स्टेशनबाट प्ररिक्षणका लागि उडान भरेको केहि बेरमै दुर्घटनाग्रस्त भएको छ । सोमबार स्टेशनबाट करिब ११ बजेर २५ मिनेटमा उडान भरेको विमान ११ बजेर २७ मिनेटमा दुर्घटनाग्रस्त भएको हो । उक्त दुर्घटना पाइलटसहित वायू सेनाका इन्जिनीयरसमेतको मूत्यु भएको छ । दुर्घटनाको प्राराम्भिक अनुसन्धान सुरु भएको भारतीय सञ्चारमाध्यमले लेखेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको