Like us!
Follow us!
Connect us!
Watch us!

हमाल जसले निम्त्याउँदैछन २०८२ सालमा सेयरको सुनामी !

अर्थ संसार

शुक्रबार, २६ असोज २०८०, २० : २५ मा प्रकाशित

हमाल जसले निम्त्याउँदैछन २०८२ सालमा सेयरको सुनामी !

नेपाल धितोपत्र बोर्डमा २०७८ को फागुनमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल नियुक्त भएपछि नयाँ कम्पनीहरुको प्राथमिक निष्कासन (आइपिओ) को वर्षा नै भयो ।

हमालको कार्यकालको यस अवधिसम्म धितोपत्र बोर्डले ६२ कम्पनीलाई आइपिओलाई निष्कासनको अनुमति दिएको छ जसको कुल संख्या १९ करोड ७७ लाख ६४ हजार ३ सय २९ कित्ता सार्वजनिक निष्कासन रहेका छन् । यसमध्ये हाथवे इन्भेस्टमेन्टको आइपिओ प्रति कित्ता ५० रुपैयाँ र घोराही, आएमई लाइफ, मान्डु हाइड्रो, भगवती हाइड्रो, रिलायबल लाइफ, सन नेपाल लाइफ र सिटिजन लाइफको प्रिमियममा निष्कासन भएका थिए । उक्त आइपिओहरुबाट मात्रै कम्पनीहरु सर्वसाधारण लगानीकर्तामार्फत कुल २९ अर्ब ६ करोड ७१ लाख ७६ हजार एक सय ३५ रुपैयाँ पुँजी जुटाएका छन् ।

यी विवरण सार्वजनिक निष्कासनको भएपनि कम्पनीहरुले आफ्नो कुल पूँजीको न्यूनतम १० प्रतिशत देखि अधिकतम ४९ प्रतिशतसम्म मात्रै आइपिओ निकालेको हुँदा प्रमोटर सेयरको संख्या अझ धेरै छ । २०७९ को शुरुवात देखि शुरु भएको आइपिओको वर्षाले अब २०८२ को शुरुवातदेखि प्रमोटर सेयरको बाढी नै ल्याउने अनुमान गर्न सकिन्छ । तीन वर्षमा लकइन पिरियड खुलेपछि संस्थापक तथा स्थानीयले दोस्रो बजारमा सेयर बिक्री गर्न सक्नेछन् । त्यसबेला कुल ४९ करोड ३१ लाख ८२ हजार पाँच सय १३ कित्ता प्रमोटर सेयरको लकइन पिरियड खुल्नेछ जसको दोस्रो बजारको भाउमा कारोबार हुनेछ ।

हमाल नियुक्त भएपछि निष्कासन अनुमति पाएका कम्पनीको फेहरिस्त यस्तो छ :
 

उपकार लघुवित्त 
कुल दर्ता सेयर -६ लाख ५६ हजार कित्ता 
आइपिओ- दुई लाख ३६ हजार कित्ता 

सिवाइसी लघुवित्त
 कुल दर्ता सेयर -१२ लाख १६ हजार कित्ता 
आइपिओ-३ लाख ९५ हजार कित्ता 

रिभर फल्स
कुल दर्ता सेयर -७० लाख कित्ता
आइपिओ- ३४ लाख ३० हजार कित्ता 

विन्ध्यवासिनी
कुल दर्ता सेयर - १ करोड कित्ता 
आइपिओ -२५ लाख कित्ता 

दोर्दी खोला
कुल दर्ता सेयर - १ करोड ५ लाख ४२ हजार कित्ता 
आइपिओ २९ लाख ५२ हजार कित्ता 
 
हिमालयन हाइड्रो

कुल दर्ता सेयर -१ करोड ९ लाख ५० हजार कित्ता 
आइपिओ- २२ लाख कित्ता 

अपर सोलु 
कुल दर्ता सेयर - १ करोड ३५ लाख कित्ता 
आइपिओ -३३ लाख कित्ता 

अपर हेवा 
कुल दर्ता सेयर -५० लाख कित्ता 
आइपिओ २० लाख कित्ता 

आदर्श लघुवित्त 
कुल दर्ता सेयर -२ लाख ७ हजार कित्ता 
आइपिओ - ६७ हजार कित्ता 

राप्ती हाइड्रो 
कुल दर्ता सेयर -६१ लाख २८ हजार कित्ता 
आइपिओ २९ लाख ४१ हजार कित्ता

स्वेतगङ्गा हाइड्रो  
कुल दर्ता सेयर -१ करोड ५९ लाख कित्ता
आइपिओ ३९ लाख ८२ हजार

सयपत्री - 
कुल दर्ता सेयर -३० लाख,
आइपिओ- ९ लाख 

मन्दाकिनी 
कुल दर्ता सेयर -५८ लाख ८० हजार,
आइपिओ -१७ लाख ६४ हजार

पिपल्स पावर  
कुल दर्ता सेयर -६३ लाख २६ हजार,
आइपिओ -३१ लाख 

सिक्लेस हाइड्रो -
कुल दर्ता सेयर -८५ लाख,
आइपिओ -२० लाख

धौलागिरी लघुवित्त
कुल दर्ता सेयर -१० लाख ३१ हजार,
आइपिओ- ३ लाख ३१ हजार

अभियान लघुवित्त - 
कुल दर्ता सेयर -२५ लाख,
आइपिओ- ९ लाख ७५ हजार

इस्टर्न हाइड्रो -
कुल दर्ता सेयर -६२ लाख,
आइपिओ १२ लाख ४० हजार

खप्तड लघुवित्त -
कुल दर्ता सेयर -४ लाख,
आइपिओ -१ लाख ३२ हजार

सृजनशील लघुवित्त -
कुल दर्ता सेयर -१० लाख ९३ हजार
आइपिओ ३ लाख ९३ हजार

पिपुल्स हाइड्रो
कुल दर्ता सेयर -३ करोड २० लाख
आइपिओ- ८० लाख

बाराही हाइड्रो
कुल दर्ता सेयर -२५ लाख,
आइपिओ- ७ लाख

कालिन्चोक दर्शन
कुल दर्ता सेयर - ६० लाख,
आइपिओ- १२ लाख

एसियन हाइड्रो
कुल दर्ता सेयर - ३४ लाख,
आइपिओ ११ लाख ८० हजार

सुपर माई हाइड्रो
कुल दर्ता सेयर -५० लाख,
आइपिओ- १० लाख

सुपर मादी हाइड्रो
कुल दर्ता सेयर -२ करोड १० लाख
आइपिओ ३१ लाख ५० हजार

माया खोला हाइड्रो
कुल दर्ता सेयर -१ करोड,
आइपिओ- ३४ लाख

शुभम् पावर
कुल दर्ता सेयर -२० लाख,
आइपिओ -५ लाख ८० हजार

मोलुङ खोला
कुल दर्ता सेयर -८० लाख
आइपिओ- ३५ लाख

मकर
कुल दर्ता सेयर -७६ लाख
आइपिओ- २२ लाख ८० हजार

सानिमा मिडल तमोर
कुल दर्ता सेयर -३ करोड ३३ लाख
आइपिओ- ८३ लाख ३१ हजार

बिपिडब्ल्यु लघुवित्त  
कुल दर्ता सेयर -३ लाख
आइपिओ -९७ हजार

सगरमाथा हाइड्रो 
कुल दर्ता सेयर -१ करोड १२ लाख
आइपिओ -५४ लाख ८८ हजार

आत्मनिर्भर लघुवित्त
कुल दर्ता सेयर -६ लाख २३ हजार,
आइपिओ -२ लाख

दोल्ती हाइड्रो 
कुल दर्ता सेयर -५३ लाख ६५ हजार
आइपिओ १६ लाख

भूगोल इनर्जी 
कुल दर्ता सेयर -५४ लाख ४० हजार,
आइपिओ १६ लाख ३२ हजार

मेन्छियाम 
कुल दर्ता सेयर -५४ लाख २५ हजार
आइपिओ १६ लाख २७ हजार

इङ्ग्वा
कुल दर्ता सेयर - ६० लाख,
आइपिओ -१८ लाख

माइखोला
कुल दर्ता सेयर -३९ लाख २१ हजार,
आइपिओ १९ लाख २१ हजार

मोदी हाइड्रो
कुल दर्ता सेयर -२ करोड ९० लाख,
आइपिओ - ७२ लाख ५० हजार

रावा इनर्जी
कुल दर्ता सेयर -२८ लाख,
आइपिओ - ८ लाख ४० हजार

सिटी होटल 
कुल दर्ता सेयर - एक करोड ६७ लाख
आइपिओ-१६ लाख ७४ हजार

थ्री स्टार
कुल दर्ता सेयर -४९ लाख २५ हजार
आइपिओ -१२ लाख ३१ हजार

घोराही 
कुल दर्ता सेयर -३ करोड ९७ लाख
आइपिओ - ७९ लाख ४३ हजार (प्रिमियम मूल्यमा)

रिपब्लिक मिडिया
कुल दर्ता सेयर -९६ लाख ७५ हजार
आइपिओ -४३ लाख ५३ हजार

अप्पर स्याङ्गे
कुल दर्ता सेयर -२२ लाख,
आइपिओ - ८ लाख ७० हजार

कुथेली बुखरी
कुल दर्ता सेयर - १२ लाख १८ हजार,
आइपिओ - २ लाख ४३ हजार

आएमई लाइफ
कुल दर्ता सेयर -४ करोड,
आइपिओ -१ करोड २० लाख  (प्रिमियम मूल्यमा)

मनकामना
कुल दर्ता सेयर -८० लाख,
आइपिओ २८ लाख

भगवती
कुल दर्ता सेयर - ५७ लाख २० हजार,
आइपिओ- १४ लाख ३० हजार (प्रिमियम मूल्यमा)

रिलायबल लाइफ
कुल दर्ता सेयर - ४ करोड,
आइपिओ -१ करोड २० लाख (प्रिमियम मूल्यमा)

हाथवे इन्भेस्टमेन्ट
कुल दर्ता सेयर - २ करोड ३४ लाख,
आइपिओ २९ लाख २५ हजार


मिडसोलु हाइड्रो
कुल दर्ता सेयर - ७४ लाख ८४ हजार,
आइपिओ -१४ लाख ९६ हजार

मान्डु हाइड्रो 
कुल दर्ता सेयर -एक करोड ३६ लाख,
आइपिओ - १६ लाख  ३६ हजार (प्रिमियम मूल्यमा)

सन नेपाल लाइफ
 कुल दर्ता सेयर -३ करोड २० लाख
आइपिओ -९६ लाख (प्रिमियम मूल्यमा)

सिटिजन लाइफ 
कुल दर्ता सेयर -३ करोड ७५ लाख,
आइपिओ- एक करोड ११ लाख (प्रिमियम मूल्यमा)

चिर्ख्वा हाइड्रो 
कुल दर्ता सेयर -४० लाख,
आइपिओ -१२ लाख

माथिल्लो मैलुनखोला 
कुल दर्ता सेयर - १ करोड
आइपिओ - २५ लाख

सोनापुर मिनरल्स 
कुल दर्ता सेयर -३ करोड ७ लाख
आइपिओ -१ करोड २३ लाख (प्रिमियम मूल्यमा)

भिजन लुम्बिनी 
कुल दर्ता सेयर -एक करोड ९१ लाख
आइपिओ ३८ लाख २५ हजार

मुक्तिनाथ कृषि
कुल दर्ता सेयर - ७० लाख,
आइपिओ -१४ लाख

नेपाल वेयरहाउस
कुल दर्ता सेयर - ६८ लाख ५० हजार
आइपिओ -१३ लाख ७५ हजार

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको