Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ क्षेत्रको लिडर बन्न ढुंगाना र पाण्डेको रोचक प्रतिस्पर्धा, फितलो रिपोर्ट तर नबिल र इन्भेष्टमेन्ट मेगाको फेरि चर्चा !

अर्थ संसार

सोमबार, २० कार्तिक २०८०, ०९ : ५६ मा प्रकाशित

बैंकिङ क्षेत्रको लिडर बन्न ढुंगाना र पाण्डेको रोचक प्रतिस्पर्धा, फितलो रिपोर्ट तर नबिल र इन्भेष्टमेन्ट मेगाको फेरि चर्चा !

नेपालको दुई प्रमुख वाणिज्य बैंक नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापन अहिले बैंकिङ क्षेत्रमा प्रतिष्ठित,अनुभवी र लोकप्रिय व्यक्तित्वको हातमा रहेको छ। नबिल बैंकको व्यवस्थापनको नेतृत्त्व प्रमुख कार्यकारी अधिकृत (सिईओ) रुपमा ज्ञानेन्द्र प्रसाद ढुंगानाले समालेका छन्। तेस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यस्थापनको नेतृत्त्वको सिईओको रुपमा ज्योति प्रकाश पाण्डेले हाकेका छन्। दुवै बैंकिङ क्षेत्रमा सफल छाप छाड्न सफल व्यवस्थापक हुन्। 

ढुंगाना २०७९ साल आषाढ १७ गते देखि नबिलका सिईओ रहेका छन्।  २५ वर्ष भन्दा बढी लामो अनुभव सँगालेका ढुंगानाले यसभन्दा अगाडि नेपाल बंगलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए ।भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तिय विष्लेषणमा स्नातकोत्तर को अध्ययन पूरा गरेका ढुंगाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच र सन् २०१५ मा म्यानेजर अफ दि एयर विधामा पुरस्कृत भएका थिए । कार्यकारी अधिकृत ढुंगाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए ।

तेस्तै यता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापनको नेतृत्त्व ज्योति प्रकाश पाण्डेको हातमा छ। उनी पाण्डेलाई २०७९ साल फागुन ३ गतेदेखि ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त छन्। एक वर्ष नेपाल राष्ट्र बैंकर छोटो समय हिमालयन बैंकमा काम गरे पाण्डे २००२ देखि मर्जर अगाडीको नेपाल इन्भेष्टमेन्ट बैंकमा काम गरे । २०१२ साल जुलाई १६ देखि पाण्डे सीईओ को भुमिकामा छन् । उनले  एस डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स र सिटी एक्सप्रेस फाइनान्सलाई आफू समाहित गरे भने साबिक मेगा बैंकसँग सफल मर्जर गराए।

अहिले यी दुई नेतृत्त्वमा रहेका बैंक बिच कडा प्रतिस्पर्धा देखिएको छ। यी दुवै बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। सार्वजनिक वित्तीय सूचकका आधारमा दुई बैंक नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई तुलनात्मक विश्लेषण गरेका छौं। र कसको नेतृत्त्व अब्बल छ त्यसको सूचकका आधारमा ​ विश्लेषण गर्नेछौँ। 

चुक्ता पूँजीको अवस्था 
दुई ठूला बैंक मर्जरपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको हालको चुक्ता पूँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ।  तेस्तै नबिल बैंकको हालको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ। 

नाफामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अब्बल 
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वाणिज्य बैंकहरु मध्य नै सबैभन्दा धेरै नाफा कमाएर आफुलाई अब्बल साबित गरेको छ। बैंकले पहिलो त्रैमास सम्म १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकिङ्ग क्षेत्रमा आफूलाई अब्बल बन्ने  नबिल बैंकले भने यस त्रैमासमा केबल १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो खुद नाफा  ३३.४७ प्रतिशतले बढाएर वाणिज्य बैंकहरुमा यो बैंकले चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंक नै बनेको छ। मर्जरको प्रोत्साहनको लागि राष्ट्र बैंकले दिएको सहुलियत उपयोग गर्दै स्प्रेडदर माथि हुँदा खुद ब्याज आम्दानीमा वृद्धि गरेको हो। 

वितरणयोग्य मुनाफा

वितरणयोग्य मुनाफामा भने नबिलले आफुलाई बलियो साबित गरेको छ ३ अर्ब ३२ करोड देखिन्छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक वितरणयाेग्य नाफा नकारात्मक छ। 

खुद ब्याज आम्दानीमा कडा टक्कर 

चालू आव ०८०/८१ को पहिलो त्रैमास (असार–असोज) मा नबिल बैंकले ४ अर्ब १७ करोड खुद ब्याज आम्दानी गरेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पनि नबिल भन्दा धेरै पछि छैन। नेपाल इन्भेष्टमेन्ट मेगाले यस त्रैमास सम्म ४ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 

सञ्चालन आम्दानी

नबिल बैंकले ५ अर्ब ११ करोड सञ्चालन आम्दानी गरेको छ। यस्तै  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ७९ करोड संचलान आम्दानी गरेको देखिन्छ।  

प्रतिसेयर आम्दानी र नेटवर्थ
नबिल बैंकले समीक्षा अवधि सम्म प्रति सेयर आम्दानी २१ रुपैयाँ ७२ पैसा राख्न सफल देखिएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि प्रति सेयर आम्दानी १७रुपैयाँ ४० पैसा राख्न सफल बनेको छ। 

प्रतिसेयर नेटवर्थ र मूल्य आम्दानी अनुपात
सेयरमा लगानी गर्न चाहनेका लागि अन्य महत्वपूर्ण सूचक हुन् प्रतिसेयर नेटवर्थ र मूल्य आम्दानी अनुपात । नबिल बैंकको मूल्य आम्दानी अनुपात २६.८४ गुणा र प्रतिसेयर नेटवर्थ  २१८.२७ रुपैयाँ रहेको छ । प्रतिस्पर्धी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मूल्य आम्दानी अनुपात ९.८१ गुणा र प्रतिसेयर नेटवर्थ १७३.३७ रुपैयाँ रहेको छ । 

खराब कर्जाको अनुपात
नबिल बैंकको समीक्षा अवधिमा खराब कर्जाको अनुपात बढेर १.५८ प्रतिशत पुगेको छ । तेस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जाको अनुपात ४.८३ प्रतिशत पुगेको छ। 

निक्षेप र कर्जा
नबिल बैंकले ४ खर्ब १४ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। तेस्तै नेपाल इन्भेष्टमेन्ट मेगा  बैंकले समीक्षा अवधिसम्म ३ खर्ब ६१ अर्ब बढी निक्षेप संकलन गरी ३ खर्ब ४ अर्ब बढी कर्जा परिचालन गरेको छ। 

त्रैमासको रिपोर्टको आधरमा पाण्डेले हाकेको नेपाल इन्भेष्टमेन्ट मेगा  बैंकले आफुले गुमाएको साख फर्काउने बाटोमा हिडेको संकेत देखाएको छ। बैंकको प्रगति हेर्दा अबका दिनमा अहिलेको बैंकिङ क्षेत्रको लिडर नबिलले अब आफूलाई लिडर बनाई राख्न थप मेहनत गर्नु पर्ने देखिन्छ। यधपि ढुंगानाले समालेका बैंकको रिपोर्ट पहिले भन्दा केहि फितलो देखिएपनि बैंकिङ क्षेत्रको तुलनामा आफुलाई फेरि पनि आफूलाई अब्बल साबिन भने गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको