Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको आम्दानी घट्नुको ७ कारण

अर्थ संसार

शनिबार, २५ कार्तिक २०८०, १९ : ०७ मा प्रकाशित

नेपाल टेलिकमको आम्दानी घट्नुको ७ कारण

नेपाल टेलिकमले यस आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको छ। यस ३ महिने अवधिमा कम्पनीको वित्तीय अवस्थामा हास आएको देखिन्छ। 

खुद नाफा 

चालु आर्थिक वर्षको पहिलो ३ महिना सम्म यस कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यहिँ अवधि सम्म कम्पनीले २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अर्थात गत आर्थिक वर्षको तुलनामा टेलिकमको नाफा ८.९० प्रतिशतले घटेको छ। 

आय

चालु आ.व. को प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कुल आय रु. १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार  रहेको छ । उक्त रकम गत आ.व. को सोही अवधि (२०७९आश्विन मसान्त) को कूल आय  रु. ११ अर्ब ४ करोड ९० हजार को तुलनामा रु. ३९ करोड १२ लाख ९७ हजार (अर्थात् ३.५४ प्रतिशत) ले कमी भएको  हो।विदेशी विनिमय दरमा भएको परिवर्तनको कारण रु. ५ करोड ९९ लाख Foreign exchange gainभएको कम्पनीले जनाएको छ। 

कुल सञ्चालन आय
चालु आ.व. को प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कुल सञ्चालन आय रु. ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको छ । उक्त रकम गत  आ.व. को सोही अवधि (२०७९आश्विन मसान्त) को कुल सञ्चालन आय रु. ९ अर्ब ७ करोड ७५ लाख ८४ हजारको तुलनामा रु. ४९ करोड २५ लाख २१ हजार (अर्थात, ५.४३ प्रतिशत) ले कमी भएको हो ।

प्रति सेयर आम्दानी
४५.०५ रुपैयाँ (गत वर्ष भन्दा  ४.४० रुपैयाँ घट्यो )

चुक्तापूँजी
१८ अर्ब रुपैयाँ

जगेडा कोष
७८ अर्ब १३ करोड ३९ लाख रुपैयाँ (३.०४ प्रतिशतले बढ्यो )

प्रति सेयर नेटवर्थ
५३४.८ 

मूल्य आम्दानी अनुपात
१८.४७ गुणा 

गत वर्षको प्रथम त्रैमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणहरु निम्नानुसार रहेका छन्ः– 

  • OTT सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत आ.व. को प्रथम त्रैमासिक अवधिको तुलनामा करिब रु. ४९ करोड १४ लाख ८५ हजारले कमी भएको 
  •  आर्थिक मन्दीको कारण कम्पनीको सेवा प्रयोगमा तुलनात्मक रुपमा कमी आएको । 
  • प्रतिकुल मौसमका कारण विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साईटहरु समयमा सञ्चालन हुन नसकेको ।
  • विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केवल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको ।
  • राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।
  • सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको ।
  • बैंक व्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. १४ करोड ८१ लाखले कमी  भएको ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको