रुस र संयुक्त राज्य अमेरिका बीचको सम्बन्ध अहिले ठूलो सङ्कटबाट गुज्रिरहेको र दुई देशबीचको सम्बन्ध कुनै पनि बेला विच्छेद हुनसक्ने रुसी विदेश मन्त्रालयले बिहीबार जनाएको छ।
रुस र संयुक्त राज्य अमेरिका बीचको कूटनीतिक सम्बन्धको पुनःस्थापनाको ९० औं वर्षगाँठको उपलक्ष्यमा परराष्ट्र मन्त्रालयले दुई देशबीचको सम्बन्धलाई प्रतिबिम्बित गर्दै यस आशयको विज्ञप्ति जारी गरेको छ ।
वाशिङ्गटनको "रुसोफोबिक" (रुस र रूसी जनताप्रिको डर, वितृष्णा) गतिविधिका कारण सम्बन्ध विच्छेदन हुने जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।
"यो रुसको छनोट होइन, यद्यपि, संयुक्त राज्य अमेरिकाले चालेका गैरजिम्मेवार कदमहरूले द्वन्द्वलाई बढावा दिइरहेको छ ... र यसले विनाशकारी नतिजा निम्त्याउन सक्छ," विदेश मन्त्रालयले बताएको छ । वाशिङ्गटनले आफ्नो सैद्धान्तिक उद्देश्यमा ध्यान केन्द्रित गर्दै रूसलाई गलहत्याउने रणनीतिका कारण द्विपक्षीय सम्बन्ध बिग्रिएको रुसको दाबी छ।
अमेरिकी आधिपत्य र प्रभुत्वलाई "आधारभूत विश्वदृष्टिकोण" मान्ने वर्तमान अमेरिकी राजनीतिक अभिजात वर्गका नीतिहरूले पनि सम्बन्धलाई ठूलो मात्रामा बाधा पुर्यािएको रुसको बुझाइ छ ।
संयुक्त राज्य अमेरिका रुसका जनताको अशान्ति र स्थीर शासन व्यवस्था परिवर्तनलाई व्यवस्थित गर्नमा केन्द्रित छ, र यसले यी लक्ष्यहरू प्राप्त गर्न स्रोतहरू लगानी गरिरहेको छ, विज्ञप्तिमा भनिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस