Like us!
Follow us!
Connect us!
Watch us!

विहारमा गठबन्धन पलट, बिजेपी सत्तामा आउँदै

अर्थ संसार

आइतबार, १४ माघ २०८०, १२ : २९ मा प्रकाशित

विहारमा गठबन्धन पलट, बिजेपी सत्तामा आउँदै

गठबन्धन पलटसँगै नेपालसँग सीमा जोडिएको भारतको विहार राज्यमा भारतीय जनता पार्टी सत्तामा आउने भएको छ ।

केन्द्रमा सत्तारुढ भारतीय जनता पार्टीले विहारमा सत्तारुढ जनता दल युनाइटेडसँग गठबन्धन गर्दै विहार सरकारमा सहभागिता जनाउन लागेको हो । यससँगै जनता दलबाट विहारका मुख्यमन्त्री रहेका नीतिश कुमारले आजै राजीनामा दिएर पुन: भाजपाको समर्थनसहित मुख्यमन्त्री बन्ने भएका छन् । भाजपा उपमुख्यमन्त्री सहित विहार सरकारमा सामेल हुने भएको हो ।

जनता दल युनाइटेडले हाल रहेको लालुप्रसाद यादवको राष्ट्रिय जनता दलसँगको गठबन्धन तोड्न लागेको हो । १८ महिना अघि भाजपासँगकै महागठबन्धन तोड्दै राष्ट्रिय जनता दलसँग सत्ता साझेदारी गरेका नीतिश कुमारले लगातार शासन सत्ता आफू अनुकुल बनाउन गठबन्धन फेरबदल गर्दै आएका छन् । 

विहार सभामा ४५ सिट रहेको जनता दल युनाइटेडले जुन दलसँग हात मिलायो उसैको बहुमत आउने हुँदा आफू अनुकुल गठबन्धन गर्दै आएको छ । विहार सभामा जनता दल युनाइटेडको ७९ र सबैभन्दा ठूलो भारतीय जनता पार्टीको ८२ सिट रहेको छ । विहार सभामा २४३ सांसद रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको