Like us!
Follow us!
Connect us!
Watch us!

वैशाख १५ गते उपचुनाव हुने

अर्थ संसार

आइतबार, १३ फागुन २०८०, १४ : २८ मा प्रकाशित

वैशाख १५ गते उपचुनाव हुने

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा वैशाख १५ गते उपचुनाव गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभाअन्तर्गत इलाम-२ र सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ-१ मा वैशाख १५ गते शनिबार उपचुनाव हुने गरि आयोगले मिति तोकेको हो । एमालेबाट निर्वाचित सुवास नेम्बाङको भदौ २६ मा निधन भएपछि इलाम-२ बाट प्रतिनिधिसभा सदस्यको स्थान रिक्त रहेको छ । यसैगरी बझाङ-१ बाट निर्वाचित नेपाली काङ्ग्रेसका पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएपछि त्यहाँको प्रदेशसभा सदस्यको स्थान रिक्त रहेको छ ।

स्थानीय तहतर्फ पनि केही गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कैयौं वडाध्यक्षका स्थानहरु रिक्त रहेका छन् । स्थानीय तहको उपनिर्वाचनको मिति भने सरकारले नै तोक्न सक्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको