Like us!
Follow us!
Connect us!
Watch us!

सत्ता गठबन्धनको बैठक सोमबार ;प्रचण्डको प्रस्ताव देउवाले 'ओके' नगरे गठबन्धन फुट्न सक्ने

अर्थ संसार

आइतबार, २० फागुन २०८०, २१ : ५२ मा प्रकाशित

सत्ता गठबन्धनको बैठक सोमबार ;प्रचण्डको प्रस्ताव देउवाले 'ओके' नगरे गठबन्धन फुट्न सक्ने

सत्ता गठबन्धनको बैठक सोमबार बिहान ८ बजे बस्ने भएको छ। 

बैठक राष्ट्रिय सभा अध्यक्ष र मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल हुने तय भएको छ। 

सभामुख देवराज घिमिरेले फागुन २१ गते बस्ने बैठकमा सरकारलाई उपस्थित हुन रूलिङ गर्दै  सांसदहरूले उठाएका विषयमा जवाफ दिन निर्देशन दिएका कारण पनि यो बैठक प्रति धेरैको ध्यान गएको छ। 

प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपा लगायतका प्रतिपक्षी दलका सांसदहरूले संसादमा निरन्तर बालकुमारी घटनाबारे पनि प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिन माग गर्दै आएका छन्। 

त्यसबाहेक मिटरब्याजी पीडित काठमाडौं आएको, सहकारी पीडितहरूको आन्दोलन, दूग्ध उत्पादक कृषकहरूको आन्दोलनको बारे पनि प्रश्न उठेका छन्।  

यता प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्‌ हेरफेर गर्ने तयारी गरेका छन्। तर कांग्रेस सभापति शेरबहादुर देउवाले सहमत नहुँदा आज प्रधानमन्त्रिले एमाले अध्यक्ष ओली र   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भेटेर माओवादी केन्द्रले गठबन्धन नै परिवर्तन गर्न थालेको जस्तो माहोल बनाएका छन्। 

गठबन्धन बचाउन पनि अब देउवालाई प्रचण्डका अनुसार नै मन्त्रिपरिषद् हेरफेर गर्न र राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रलाई दिन दबाब परेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको