Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाले प्रम दाहाललाई विश्वासको मत दिने, आफ्ना सांसदलाई जारी गर्यो ह्विप

अर्थ संसार

मंगलबार, २९ फागुन २०८०, ११ : १४ मा प्रकाशित

रास्वपाले प्रम दाहाललाई विश्वासको मत दिने, आफ्ना सांसदलाई जारी गर्यो ह्विप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

पार्टीको आज बिहान बसेको संसदीय दलको बैठकले प्रम दाहाललाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्विप जारी गरेको हो । २१ सांसद रहेको रास्वपा चार मन्त्रालयसहित हालको सरकारमा पनि सहभागी रहेको छ ।

पार्टीले सबै सांसदलाई अनिवार्य उपस्थित भएर विश्वासको मत दिन निर्देशन दिएको हो । प्रम दाहालले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको