इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमाले सुहाङ नेम्वाङलाई उम्मेदवार उठाउने भएको छ ।
स्वर्गीय एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित ६ जनाको नाम सिफारिस भएकोमा पार्टीले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उम्मेदवारी दिने अन्यमा बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई लगायत रहेका थिए ।
उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस