Like us!
Follow us!
Connect us!
Watch us!

गौतमश्री सहकारी समस्याग्रस्त घोषित

अर्थ संसार

बुधबार, १४ चैत्र २०८०, १० : ३२ मा प्रकाशित

गौतमश्री सहकारी समस्याग्रस्त घोषित

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले काठमाडौंको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषित गरेको छ ।

मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सहकारी समस्याग्रस्त घोषित भएको जानकारी दिएको हो । बचतकर्ता सदस्यको बचत रकम फिर्ता गर्न नसकेपछि सहकारी विभागका रजिस्ट्रारले उक्त सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्न सिफारिस गरेको थियो । सोही बमोजिम अब संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त सहकारीलाई डेढ वर्षअगाडि नै सहकारी विभागले समस्याग्रस्त घोषणा गर्न सिफारिस गरे पनि मन्त्रालयले आंशिक रूपमा सञ्चालन गर्न दिइरहेको थियो । यससँगै देशभर समस्याग्रस्त घोषणा भएका सहकारीको संख्या आठ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको