Like us!
Follow us!
Connect us!
Watch us!

उपनिर्वाचनमा गठबन्धनको सहकार्य नहुने, माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने

अर्थ संसार

बुधबार, १४ चैत्र २०८०, १२ : ०८ मा प्रकाशित

उपनिर्वाचनमा गठबन्धनको सहकार्य नहुने, माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने

आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका दलबीच चुनावी सहकार्य नहुने भएको छ ।

गठबन्धनमा सामेल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीपछि माओवादी केन्द्रले पनि दुवै स्थानको उपनिर्वचनमा आफ्नै उम्मेदवार अघि सार्ने भएको हो । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा उम्मेदवारी दिने निर्णय गरेको पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

गठबन्धनका अन्य दलले आ-आफ्नो उम्मेदवार उठाउने भएपछि माओवादीले पनि आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको हो । उम्मेदवारको नाम बारे भने निर्णय भइनसकेको जनाइएको छ । यस अघि एमालेले इलाम-२ मा नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई तथा बझाङ प्रदेश सभा १ (१) मा दमनबहादुर भण्डारीलाई उम्मेदवार उठाउने निर्णय गरिसकेको छ ।

यता रास्वपाले शनिबार उम्मेदवारको टुङ्गो लगाउने जानकारी दिएको छ । गठबन्धनमा समावेश एकीकृत समाजवादीले भने कुनै निर्णय गरेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको