Like us!
Follow us!
Connect us!
Watch us!

एकीकृत समाजवादीले पनि लगायो उपनिर्वाचनमा उम्मेदवारको टुङ्गो

अर्थ संसार

बुधबार, १४ चैत्र २०८०, १८ : १९ मा प्रकाशित

एकीकृत समाजवादीले पनि लगायो उपनिर्वाचनमा उम्मेदवारको टुङ्गो

आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि एकीकृत समाजवादीले पनि आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ ।

गठबन्धनमा सामेल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी r माओवादी केन्द्र पछि एकीकृत समाजवादीले पनि दुवै स्थानको उपनिर्वचनमा आफ्नै उम्मेदवार अघि सार्ने भएको हो । बुधबार पार्टीले इलाम-२ मा जीतबहादुर राई र बझाङ १ (क) मा दिलबहादुर सिंहलाई उम्मेदवार  उम्मेदवारी बनाउने निर्णय गरेको जनाइएको छ ।

यस अघि एमालेले इलाम-२ मा नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई तथा बझाङ प्रदेश सभा १ (१) मा दमनबहादुर भण्डारीलाई उम्मेदवार उठाउने निर्णय गरिसकेको छ । यता रास्वपाले यसै साता उम्मेदवारको टुङ्गो लगाउने जानकारी दिएको छ भने माओवादीले आजै चुनावमा आफ्नो उम्मेदवार उठाउने निर्णय गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको