Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरुले ४२ अर्ब बढी नाफा कमाए, नबिल बैंकको ४ अर्ब ७२ करोड, अरूको कति ?

अर्थ संसार

बुधबार, २८ चैत्र २०८०, १४ : २९ मा प्रकाशित

वाणिज्य बैंकहरुले ४२ अर्ब बढी नाफा कमाए, नबिल बैंकको ४ अर्ब ७२ करोड, अरूको कति ?

चालु आर्थिक वर्षको आठ महिना अर्थात फागुन मसान्तसम्म २० वाणिज्य बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख नाफा कमाएका छन् । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी नबिल बैंकले ४ अर्ब ७२ करोड नाफा कमाएको छ । 

नबिलले यो अवधीमा ४ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । दोश्रो नम्बरमा भने ग्लोबल आईएमई बैंक रहेको छ, ग्लोबलले आठ महिनामा ३ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको देखिन्छ । प्राइम कमर्सियल बैंकले २ अर्ब ८८ करोड रुपैयाँ नाफा आर्जन गरि तेश्रो धेरै नाफा कमाउने बैंकको स्थान कब्जा गरेको छ ।

राष्ट्रिय बाणिज्य बैंकले आठ महिनामा २ अर्व ८७ करोड कमाएर चौथो स्थानमा रहको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २ अर्व ८० करोड कमाएको छ भने एनआईसी एशिया बैंकले २ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । प्रभु बैंकले एक अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ भने कृषि विकास बैंकले १ अर्व ९७ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

एभरेष्ट बैंकले २ अर्ब २९ करोड रुपैयाँ कमाउँदा एनएमबि बैंकले एक अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको छ । हिमालयन बैंकले एक अर्ब ९४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै, कुमारी बैंकले एक अर्ब ४२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने नेपाल बैंकले एक अर्ब २८ करोड रुपैयाँ नाफा जोड्दा स्ट्याण्डर्ड चाटर्ड बैंकले २ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ ।

सानिमा बैंकले एक अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ भने नेपाल एसबिआई बैंकले १ अर्व रुपैयाँ आर्जन गरेको छ । लक्ष्मी सनराइज बैंकले १ अर्व ८२ करोड रुपैयाँ नाफा कमाउँदा सिटिजन्स बैंकले १ अर्व २२ करोड रुपैयाँ नाफा जोड्न सफल भएको छ । माछापुच्छ्रे बैंकले १ अर्व १६ करोड रुपैयाँ रुपैयाँ जोडेको छ । सिद्धार्थ बैंकले भने १ अर्व ६९ करोड रुपैयाँ नाफा जोडेको छ । 

सबैभन्दा कम नाफा कमाउनेमा भने नेपाल एसबिआई बैंक रहेको छ ।एसबिआई बैंकले १ अर्ब २० लाख रुपियाँ मात्रै नाफा कमाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको