Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख ८ हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, १२ : ५२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख  ८ हजार कित्ता सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक समूहतर्फ रहेको बिक्रीमा ल्याएको छ।  बैंकले संस्थापक समूह तर्फको ३ लाख ८ हजार ९२० कित्ता सेयर बिक्रीमा  ल्याएको हो।

हाल विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको सेयर खरिदका लागि लागि ३५ दिनको अवधि दिइएको छ। तोकिएको अवधिभित्र इच्छुक संस्थापक सेयरधनीहरुले लाजिम्पाटस्थित बैंकको सेयर शाखामा सम्पर्क खरिद आवेदन दिलन सक्नेछन् ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिद आवेदन नपरेको खण्डमा बैंकले अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको