Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा,न्यूनतम मूल्य कति ?

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, १० : २१ मा प्रकाशित

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर  लिलामी बिक्रीमा,न्यूनतम मूल्य कति ?

कुमारी बैंक लिमिटेडले  चार लाख ५० हजार कित्ता संस्थापक सेयर  लिलामी बिक्रीमा राखेको  छ । 

बैंकले संस्थापक समूहको स्वामित्वमा रहेको चार लाख ५० कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखेको हो ।

सो सेयरमा जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले पनि खरिद आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० हजार कित्ता र अधिकतम सबै कित्ताका लागि बोलपत्र आवेदन पेस गर्न सकिनेछ । इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटलमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

आवेदन वैशाख ११ गतेसम्म दिन सकिने बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको