Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको १० लाख कित्ता सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ०५ बैशाख २०८१, ११ : ३२ मा प्रकाशित

कुमारी बैंकको १० लाख कित्ता सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विरेन्द्र कुमार शाहको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। 

सेयर खरिद गर्न इच्छुक सेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, नक्साल–काठमाडौं वा बैंकको प्रधान कार्यालय, टंगाल–काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको