Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना केबलकारमा शुक्रबार आकस्मिक मर्मतसम्भार हुँदै, सेवा बन्द रहने

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १० : ०९ मा प्रकाशित

मनकामना केबलकारमा शुक्रबार आकस्मिक मर्मतसम्भार हुँदै, सेवा बन्द रहने

आकस्मिक मर्मतसम्भारको लागि मनकामना केबलकार शुक्रबार बन्द हुने भएको छ ।

कम्पनीद्वारा जारी सूचना अनुसार केबलकार सेवा शुक्रबार वैशाख ७ गते एक दिनको लागी बन्द हुने भएको हो । वैशाख ८ गते शनिबारबाट केबलकार सेवा नियमित हुने पनि कम्पनीले जानकारी दिएको छ । केबलकार सेवा बन्द भएपनि बटम स्टेशनमा रहेको रेस्टुरेन्ट भने खुला नै रहने कम्पनीले जनाएको छ ।

देशकै पहिलो मनकामना केबलकारले ३४ गन्डोलामार्फत नियमित सेवा प्रदान गर्दै आएको छ । शनिबार बिहान साढे ६ बजेदेखि तथा अन्य दिन बिहान साढे ७ बजेबाट साँझ साढे ५ बजेसम्म केबलकार सञ्चालन हुँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको