Like us!
Follow us!
Connect us!
Watch us!

चीनले नेपालीसँग वैशाख १९ गतेदेखि भिसा शुल्क नलिने

अर्थ संसार

सोमबार, १७ बैशाख २०८१, १० : ३२ मा प्रकाशित

चीनले नेपालीसँग वैशाख १९ गतेदेखि भिसा शुल्क नलिने

चीनले आउँदो बुधवार (मे १) देखि नेपाली नागरिकलाई नियमित भिसा निःशुल्क दिने भएको छ ।

काठामाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना निकालेर नियमितर्फको भिसा शुल्क तिर्न नपर्ने जनाएको हो । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागरिकलाई निःशुल्क भिषा दिँदै आइरहेको छ ।

 ‘नेपाल र चीनबीचको मित्रता प्रवर्द्धन गर्न र कर्मचारी आदानप्रदानलाई थप सहज बनाउन दूतावासले भिषा शुल्क नलिने’ सूचनामा भनिएको छ । 

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गरेको चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई भिषा शुल्क नलिने विषयमा दुई देशबीच सहमति भएको थियो ।

एक्सप्रेस शुल्क र सेवा भने साबिकबमोजिम नै कायम रहने विज्ञप्तिमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको