Like us!
Follow us!
Connect us!
Watch us!

इलाम-२ मा सुहाङ नेम्वाङलाई ५८ सय बढी मतको अग्रता

अर्थ संसार

सोमबार, १७ बैशाख २०८१, १९ : २० मा प्रकाशित

इलाम-२ मा सुहाङ नेम्वाङलाई ५८ सय बढी मतको अग्रता

इलाम-२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । 

प्रारम्भिक गणनामा पछाडि परे पनि नेपाली काङ्ग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई नेम्बाङले उछिनेर अघि बढेका हुन् । पछिल्लो मतगणना अनुसार सुहाङ नेम्वाङले १८ हजार एक सय ९६ मत ल्याउँदा उनका निकटम् प्रतिद्वन्दी डम्बरबहादुर खड्का १२ हजार ३ सय ३९ मतका पछ्याइरहेका छन् । तेस्रो स्थानका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ३ सय ३६ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले तीन हजार ६७ मत ल्याएका छन् ।

मतगणना कार्य हिजो मध्यान्हदेखि शुरु भएको थियो । फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, देउमाई नगरपालिका लगायत स्थानका मतदान केन्द्रको मत गणना भइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको