Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्ध लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, १० : ४३ मा प्रकाशित

नेष्डो समृद्ध लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको पाँचौ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई कुनै लाभांशको व्यवस्था भने गरेको छैन ।

वैशाख २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ २५ गते पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ । 

कम्पनीले साधारणसभा प्रयोजनार्थ जेठ १८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात जेठ १७ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको