Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको ३ लाख ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, ०१ जेठ २०८१, १० : ३५ मा प्रकाशित

कुमारी बैंकको ३ लाख ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको साढे ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख ७५ हजार ३०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो ।

यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकका विद्यमान संस्थापक सेयरधनीले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार तोकिएको समयभित्र खरिद आवेदन नपरे अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाइने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको