Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा ९ अंकको गिरावट, ३ अर्ब ७० करोडको कारोबार

अर्थ संसार

बुधबार, ०२ जेठ २०८१, १५ : २५ मा प्रकाशित

सेयर बजारमा ९ अंकको गिरावट, ३ अर्ब ७० करोडको कारोबार

साताको कारोबारको चौथो दिन सेयर बजार घटेर बन्द भएको छ ।  आज सेयर बजार नेप्से परिसूचक ९.५४ अंकले घटेर २,०१७ को विन्दुमा कायम भएको छ । 

आज ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको सेयर मूल्य घटेको छ । दुर्य लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

आज नेप्से घट्दा ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँको  कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ११ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्स लिमिटेडको १० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको ७ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


बजार घट्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

हिजो बढेको बजारमा आज भने  घटेर बन्द भयो बजार घट्दा पनी केही कम्पनीका लगानीकर्ता भने मालामाल भएका छन् । 
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । माण्डु हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । बुद्धभुमी हाइड्रोका लगानीकर्ताले ५.६९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको