अर्थमन्त्री वर्षमान पुनले प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब बजेट विनियोजन गरेका छन् । संसदको दुबै सदनमा बजेट प्रस्तुत गर्दै मन्त्री पुनले सो बराबरको अनुदान दिएका हुन् ।
समानिकरणबाट प्रदेशलाई ६० अर्ब रुपैयाँ र स्थानिय तहलाई ८८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यस्तै, ससर्त अनुदान अन्तर्गत प्रदेशलाई २५ अर्ब ८४ करोड रुपैयाँ र स्थानीय तहलाई २ खर्ब ८ अर्ब ८८ करोड विनयोजन गरेको छ ।
समपुरक अन्तर्गत प्रदेशलाई ६ अर्ब र स्थानीय तहलाई ७ विनियोजन गरेको छ । यसैगरी, विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब रुपैयाँ र स्थानीय तहलाई ८ अर्ब विनियोजन गरेको छ । प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाडबाट १ खर्ब ५९ अर्ब रुपैयाँ हस्तान्तर हुने अनुमान छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस