Like us!
Follow us!
Connect us!
Watch us!

सुनको सीमा विस्तार गरिने

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १६ : ०८ मा प्रकाशित

सुनको सीमा विस्तार गरिने

सरकारले सुनको सीमा विस्तार गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

सरकारले सुनको सीमा विस्तार गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२मा उक्त कुरा उल्लेख गरेका हुन् ।

सङ्घीय संसद्मा बजेटका कार्यक्रम पेस गर्दै उनले अहिले कायम रहेको सुनको सीमा विस्तार गर्ने बताए । अहिले सरकारले २० किलोसम्म सुन दैनिक ल्याउन पाउने व्यवस्था गरेको छ । सरकारले नयाँ आर्थिक वर्षमा त्यसलाई बढाउने घोषणा गरेको हो ।

त्यसअघि १० किलो मात्र ल्याउन पाउने व्यवस्था थियो । सुन व्यवसायीहरूले सुनको कोटा नपुगेको भनी गुनासो गरेपछि नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ जारी गर्दै सीमा २० किलोसम्म पुर्‍याएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको