Like us!
Follow us!
Connect us!
Watch us!

बजेटमा अर्थमन्त्रीको इमानदार प्रयास भएको छ - गभर्नर अधिकारी

अर्थ संसार

आइतबार, २० जेठ २०८१, १९ : १४ मा प्रकाशित

बजेटमा अर्थमन्त्रीको इमानदार प्रयास भएको छ - गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटमा अर्थमन्त्रीको इमानदार प्रयास भएको बताएका छन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको पोस्ट बजेट डिस्कोर्स कार्यक्रमका बोल्दै गभर्नर अधिकारीले बजेटले निजी क्षेत्रलाई समेट्न उल्लेखनीय प्रयास भएको भएको बताएका हुन् । उनले पछिल्लो समय विदेशी आम्दानी भित्र्याउने गतिलो माध्यम बनेको सूचना प्रविधि, देशको ठूलो जनसंख्यालाई प्रतिनिधित्व गर्ने कृषि पेशालाई प्राथमिकता दिने कुरा बजेटमा समावेश भएको उल्लेख गर्दै ६ प्रतिशतको वृद्धिदर र ५.५ प्रतिशतको मुद्रास्फीति कायम राख्न खासै कठिन नहुने पनि बताए ।

खर्च गर्ने संयन्त्रमा ख्याल राख्नुपर्ने बताउँदै गभर्नर अधिकारीले चालू खर्च नियन्त्रण बाहिर जाँदा आम्दानीको स्रोत सीमित हुनु, राजस्व संकलन संकुचित हुनु जस्ता अवस्थाले बजेट कार्यान्वयनमा चुनौती दिने पनि बताए । बाह्य क्षेत्र तथा बैंकिङ सेक्टर सबल रहेको दोहोर्याउँदै उनले मौद्रिक नीतिको छलफल शुरु भइसकेको पनि जानकारी दिए । ब्याजदर विगत एक वर्षदेखि सहज हुँदै आएको बताउँदै उनले भारतको एक प्रतिशत कम विन्दुमा बेसरेट रहेको पनि जानकारी दिए । स्पेश भएसम्म थप सहजता दिन पनि राष्ट्रबैंक तयार रहेको पनि उनले बताए । 

देशका प्राकृतिक स्रोतको सदुपयोग होस्, जेन्युइन कर्जामा लगानी होस् भन्ने राष्ट्र बैंकको चाहना भएको बताउँदै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलाई आफूले जोखिम धेरै लिन नभनेको तर कर्जाका जेन्युइन प्रपोजललाई सिन्सरली केलाइदिन अनुरोध गरेको पनि बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको