Like us!
Follow us!
Connect us!
Watch us!

डोनाल्ड ट्रम्पले चलाउन थाले टिकटक, केही घन्टामै १३ लाख फलोवर्स

अर्थ संसार

आइतबार, २० जेठ २०८१, २० : ५५ मा प्रकाशित

डोनाल्ड ट्रम्पले चलाउन थाले टिकटक, केही घन्टामै १३ लाख फलोवर्स

अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले टिकटकमा खाता खोलेका छन् ।

आइतबार उनले टिकटक खाता खोलेको केही घन्टामै १३ लाख भन्दा बढी मानिसले उनलाई फलो गरिसकेका छन् । चुनाव नजिकिँदै गर्दा टिकटकमा प्रवेश गरि उनले नयाँ पुस्ताका युवामाझ आफ्नो लोकप्रियता बढाउने रणनीति लिएको हुनसक्ने जनाइएको छ । आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनसँग ट्रम्पको कठिन प्रतिस्पर्धा हुनेछ ।

@realdonaldtrump नामक ह्यान्डलबाट उनले आफ्ना समर्थकसँग शुभकामना आदानप्रदान गरेको भिडियो पोस्ट गरेका छन् । अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने तयारीबीच राष्ट्रपतीय निर्वाचनका उम्मेदवार टिकटक प्लाटफर्ममा देखिएका हुन् । टिकटकलाई आगामी जनवरीसम्म आफ्नो स्वामित्व अमेरिकी कम्पनीलाई बिक्री गर्न अमेरिकाले समय दिएको छ । उक्त समयसम्म कम्पनीको स्वामित्व डाइभेस्ट नगरे अमेरिकामा टिकटक प्रतिबन्धमा पर्ने बिलमा हालका राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरिसकेका छन् ।

उक्त निर्णय विरुद्ध टिकटक अदालतसमेत पुगिसकेको छ भने सम्भावित भावी राष्ट्रपतिले टिकटक खाता खोलेपछि टिकटकले केही हदसम्म राहत महसुस गरेको छ । उसो त सन् २०२० मै टिकटक प्रतिबन्ध लगाउन खोजेका ट्रम्पको प्रयास अदालतले रोकिदिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको