Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश दिन नसक्ने अवस्थामा ४ बैंक, कसको लाभांश क्षमता कति ?

अर्थ संसार

सोमबार, २१ साउन २०८१, १४ : १० मा प्रकाशित

लाभांश दिन नसक्ने अवस्थामा ४ बैंक, कसको लाभांश क्षमता कति ?

२० वटा बाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । २० मध्ये १९ वटा बैंकहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छन् ।

आर्थिक वर्ष सकिएको २१ दिनभित्र विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुसार अधिकांश बैंकहरूले आज विवरण सार्वजनिक गरेका छन् । बैंकहरूले आज सार्वजनिक गरेको विवरणअनुसार  १० वटा बैंकले नाफा कमाउँदा १० वटाको भने नाफा घटेको छ । 

यस्तै, सार्वजनिक गरेको विवरणअनुसार १५ वटा बैंकको लाभांश क्षमता सकारात्मक देखिएको छ । यसमा पनि ६ वटा बैंकको लाभांश क्षमता १० प्रतिशतभन्दा बढी छ । चारवटा कम्पनीको लाभांश क्षमता छैन । 

लाभांश क्षमता ऋणात्मक भएकाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकका लगानीकर्ताले लाभांश नपाउने देखिएको छ ।

एनआइशी एशियाको नाफामासमेत गिरावट आएको छ । कुमारी, प्रभु र एनआईसी एशिया बैंकले आव २०८०र८१ को मुनाफाबाट लाभांश दिन नपाउने भएका छन् ।  बैंक तथा वित्तीय संस्थाहरूलाई असारसम्मको वित्तीय विवरणमा साउन अन्त्यसम्म उठ्ने ब्याजसमेत जोड्न सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ । बैंकहरूले अहिले सार्वजनिक गरेको वित्तीय विवरण अपरिष्कृत भएकाले केन्द्रीय बैंकलाई बुझाउने परिष्कृत वित्तीय विवरणमा ५ प्रतिशतसम्म केही सूचक बढ्न सक्ने अवस्था रहन्छ ।

लाभांश क्षमतामा कति  ?

एभरेष्ट बैंकको लाभांश क्षमता सबैभन्दा धेरै देखिएको छ । यस बैंकले सेयरधनीलाई २९.८६ प्रतिशत प्रतिफल दिन सक्ने वित्तीय विवरणमा उल्लेख छ । यस्तै दोस्रो बढी लाभांश क्षमता स्टान्डर्ड चार्टर्ड बैंकको देखिएको छ । यस बैंकको २६.५० प्रतिशत लाभांश क्षमता रहेको बैंकले जनाएको छ । तेस्रो बढी लाभांश क्षमता सरकारी स्वामित्वको कृषि विकास बैंकको १७.३७ प्रतिशत देखिएको छ । 

सबैभन्दा धेरै नाफा कमाएको नबिल बैंकको लाभांश क्षमता भने १४.२६ प्रतिशत देखिएको छ । अघिल्लो वर्ष यस बैंकको लाभांश क्षमता ११.७८ प्रतिशत हुँदा ११ प्रतिशत नगद लाभांश आफ्ना सेयरधनीलाई बाढेको थियो । नेपाल एसबीआई बैंकको १०.७६ प्रतिशत लाभांश बाढ्ने क्षमता देखिएको छ । सानिमा बैंकको १०.४० प्रतिशत लाभांश क्षमता छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको