Like us!
Follow us!
Connect us!
Watch us!

सेयर लोन लिने ऋणीलाई राष्ट्र बैंकको राहत : मार्जिन कलमा सूचीकरण नभएको हकप्रद र बोनस समेत धितोमा गणना गर्न सकिने

अर्थ संसार

बुधबार, २३ असोज २०८१, ०८ : ३५ मा प्रकाशित

सेयर लोन लिने ऋणीलाई राष्ट्र बैंकको राहत : मार्जिन कलमा सूचीकरण नभएको हकप्रद र बोनस समेत धितोमा गणना गर्न सकिने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन कलको अवस्थामा ऋणीले थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्ने सक्ने र उक्त व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्ने बताएको छ। 

बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्र बैंकले बैंकका ऋणीलाई समेत राहत हुने गरि निर्देशन संशोधन गरेको छ। बैंकले मार्जिन कलको अवस्थामा सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिनेछ व्यवस्था गरेको छ। 

 

यस्तो छ इ. प्रा. निर्देशन नं. २ / ०८० को बुँदा नं. १७ को (क) को ३ मा संशोधन :

पुरानो व्यवस्था 
(३) सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नु पर्नेछ | Margin Call गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस शेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिनेछ ।

अबको व्यवस्था 
(३) सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नु पर्नेछ । इजाजतपत्रप्राप्त संस्थाले Margin Call गर्ने तथा थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ | Margin Call गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिनेछ ।

6705f2424f095.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको