Like us!
Follow us!
Connect us!
Watch us!

पुस २६ मा सिटी होटलको साधारण सभा: बुक क्लोज पुस १६ मा

अर्थ संसार

बुधबार, ०३ पुस २०८१, ०८ : ०८ मा प्रकाशित

पुस २६ मा सिटी होटलको साधारण सभा: बुक क्लोज पुस १६ मा

सिटी होटल लिमिटेडले पुस २६ गते आफ्नो नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ। उक्त सभा काठमाडौँको कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुने जानकारी दिएको छ।

सभामा हाल कायम चुक्ता पुँजीको अनुपातमा १ बराबर ०.८० का दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। साथै, प्रबन्धपत्र संशोधनका लागि सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने, संस्थापक सेयरधनी समूहको प्रतिनिधित्वका लागि सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्तावमाथि छलफल हुने छ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने घोषणा गरेको छ। यस अनुसार, पुस १४ गतेसम्म नेप्सेमा कारोबार गरी नाम दर्ता भएका सेयरधनीहरूले साधारण सभामा भाग लिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको