Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जालमा फैलिएका अफवाहहरूबारे नेपाल टेलिकमको स्पष्टिकरण

अर्थ संसार

विहीबार, ०४ पुस २०८१, ०९ : ०० मा प्रकाशित

सामाजिक सञ्जालमा फैलिएका अफवाहहरूबारे नेपाल टेलिकमको स्पष्टिकरण

नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा रु. ५,००० सम्मका नगद र उपहारका बारेमा सामाजिक सञ्जालमा फैलाइरहेका गलत सूचनाबारे ग्राहकलाई सचेत रहन आग्रह गरेको छ।

कम्पनीले आधिकारिक फेसबुक ग्रुप, म्यासेन्जर र अन्य सामाजिक सञ्जाल प्लेटफर्ममा फैलाइएका गलत समाचारको खण्डन गर्दै भनेको छ कि यस्तो कुनै योजना या प्रस्ताव नेपाल टेलिकमबाट जारी गरिएको छैन।

नेपाल टेलिकमले आफ्नो आधिकारिक फेसबुक पेज, एक्स र वेबसाइटलाई मात्र विश्वास गर्न ग्राहकलाई अनुरोध गर्दै, अद्यावधिक जानकारी प्राप्त गर्न उक्त प्लेटफर्महरूको प्रयोग गर्न आग्रह गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको